तारकेश्वरमा पहिराले घर पुर्दा २ जनाको मृत्यु

तारकेश्वरमा पहिराले घर पुर्दा २ जनाको मृत्यु


काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।