शक्तिमा पुगेका मानिस भूपि शेरचनको कविता जस्तै : मन्त्री किराँती

शक्तिमा पुगेका मानिस भूपि शेरचनको कविता जस्तै : मन्त्री किराँती


काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शक्तिमा पुगेपछि मानिस भूप शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने बताएका छन ।

आइतबार काठमाडौंमा आयोजित बिसे नगर्ची बिशेषाङ्क बिमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरुको प्रवृति पनि उस्तै रहेको बताए ।

उनले भने ‘ टाउको दुखेको औषधि नाईटोमा लगाईरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भुपि शेरचानको कविता जस्ते मान्छे घुम्ने कुर्सीमाथि बसिहरेको हुन्छ,अन्धो मान्छे जस्तो हुन्छ । ’

मन्त्री किराँतीले आम जनतालाई सहभागि गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन् ।

समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनको भनाइ छ ।