शेयरबजारमा पहिरो, ३८ अंकले ओरालो लाग्यो नेप्से

शेयरबजारमा पहिरो, ३८ अंकले ओरालो लाग्यो नेप्से


काठमाडौं ।

साताको कारोबारको पहिलो दिन शेयरबजारमा ३८ अंकको गिरावट आएको छ ।

शेयरबजारमा गिरावट आएसँगै सबै उपसूचकहरु राताम्मे भएका छन् ।

आइतबार नेप्से सूचकांक ३८.३७ अंकले घटेर २०५१ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत कुल २६५ कम्पनीहरुको ८० लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजारको कारोबार भएको छ ।

शेयरबजारमा गिरावट आएसँगै १३ वटै उपसूचक राताम्मे भएका छन् । आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ । दोस्रोमा फाइनान्स उपसूचक ३.४३ प्रतिशतले घटेको छ ।

त्यस्तै, विकास बैंक उपसूचक २.५०, ट्रेडिङ उपसूचक २.३५, जीवन बीमा उपसूचक २.०९ र निर्जीवन बीमा उपसूचक २.०५ प्रतिशतले घटेका छन् ।