किन्ने हैन त भिभोको सस्तो र आकर्षक ‘वाइ२७’ मोवाइल ?

किन्ने हैन त भिभोको सस्तो र आकर्षक ‘वाइ२७’ मोवाइल ?


काठमाडौं ।

भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ हेर्दैखेरी अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ ।

जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको छ । ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ ।

६ जिबि र्‍याम र ६ जिबिको एक्स्टेन्डेड र्‍याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ ।

नेपाली बजारमा २३ हजार ९९९ मा सार्वजनिक भएको वाइ २७ हेर्नमा अत्यन्त आकर्षक छ । यो मोडलमा इनोभेसन र क्राफ्टम्यानशिप प्रति भिभोको प्रतिवद्धता छल्किएको छ । राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरुको लागि यो उपयुक्त छनोट हो ।

यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँछ । औँठीको आकारबाट प्रभावित यसको डुअल रिंग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ । यसको ज्यामितिय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ ।

त्यस्तै ग्लिटर एजिको म्याट सर्फेस भएको हुँदा यो फोन समाउनमा सजिलो हुनुको साथै केरिने समस्या र औँलाको दाग बस्ने अथवा पनि हुँदैन । डायमन्ड प्याटर्नले टेक्स्चरलाई कलात्मक रुप दिएको छ ।

बर्गन्डी ब्ल्याक र सि ब्लुजस्ता आकर्षक रङहरुमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको छ ।