महालक्ष्मी विकास बैंकले कमायो ४७ करोड रुपैयाँ खुद नाफा

महालक्ष्मी विकास बैंकले कमायो ४७ करोड रुपैयाँ खुद नाफा


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो वर्षको भन्दा ४७.९५ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ ।

इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३ प्रतिशतले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । यसको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ ।

महालक्ष्मीको प्रतिसेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसा ९वार्षिक० मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा ९वार्षिक० रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ ।