जाजरकोट र अछाममा नयाँ सिडिओ

जाजरकोट र अछाममा नयाँ सिडिओ


काठमाडौं । 

गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । 

जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवाको माग गरेको हुनाले उनको ठाउँमा उपसचिव शरदकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ । 

सुनार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए । बाँकेमा सहायक प्रजिअ तथा डोल्पा र बझाङमा प्रजिअ भैसकेको अनुभव रहेको छ । 

त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ । राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत रहेका उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरेका छन् ।