सांसद गौतमको प्रश्न-विवादित ल्यारकाल लामालाई उपाध्यक्ष बनाउँदा सत्ता साझेदार दलका मन्त्रीले किन विरोध गरेनन् ?

सांसद गौतमको प्रश्न-विवादित ल्यारकाल लामालाई उपाध्यक्ष बनाउँदा सत्ता साझेदार दलका मन्त्रीले किन विरोध गरेनन् ?


काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले ल्यारकाल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएकोमा आपत्ती जनाएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सेयर गर्दै उनले लामा जस्ता विवादित ब्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएकोमा आपत्ती जनाएकी हुन्  । 

उनले लामालाई कोषको उपाध्यक्ष बनाउँदा मन्त्रिपरिषद् बैठकमा सत्ता साझेदार दलका मन्त्रीले किन विरोध गरेनन् भनेर प्रश्न गरेकी छिन् । 

उनले प्रश्न गर्दै लेखेकी छिन् अहिंसा र सदाचारको मार्गमा हिड्‌न प्रेरित गर्ने शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको जिम्मा कस्ता लाई दिइयो ?
उक्त निर्णय निन्दनीय रहेको उनले बताइन् । 

ल्यारकाल लामा दोहोरो नागरिकता र पासपोर्ट बोकेको आरोप लागेपछि झलनाथ खनालको मन्त्रिमण्डलबाट निकालिएका थिए ।  अर्थराज्यमन्त्री भएका लामालाई तीन देशका नागरिक रहेको आरोप लागेको थियो । 

यस्तै उनीमाथि सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप समेत लागेको थियो ।