गल्याङका वडा-वडामा स्वास्थ्य केन्द्र स्थापना

गल्याङका वडा-वडामा स्वास्थ्य केन्द्र स्थापना


स्याङ्जा ।
नागरिकलाई स्वास्थ्यको पहुँचमा सहजता ल्याउन गल्याङ् नगरपालिकाले वडा—वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।

आधारभुत स्वास्थ्य सेवाबाट नागरिक बन्चित हुन नपरोस भन्ने उदेश्यले नगरपालिकाले प्रत्येका वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको हो । आधारभुत स्वास्थ्य सेवाका लागि नगरपालिकाले हरेक वडामा सुविधा सम्पन्न भवन निर्माण समेत गरेको छ । पछिल्लो पटक नगरपालिकाले वडा नम्वर ११ जिमुवामा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन गरेर संचालनमा ल्याएको छ ।

नगर प्रमुख गुरुप्रसाद भट्टराईले उक्त भवनको एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । नगरपालिकाको आफ्नै लगानीमा निर्माण गरेको स्वास्थ्य भवन २६ लाखको लागतमा बनेको हो । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्यको पहुँच हरेक वडामा पु¥याउने लक्ष्य राखे अनुसार स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको नगर प्रमुख भट्टराईले बताए ।

नगरपालिका स्वास्थ्य र शिक्षा सेवामा नागरिक बन्चित हुनुहुदैन भन्ने चाहान्छ नगर प्रमुख भट्टराईले भने,‘प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र र गुणस्तरीय शिक्षा प्रदान गर्नु नै विकास हो ।’ सामान्य उपचारका लागि नागरिक पालिकाको केन्द्र र ठुला शहरमा धाउन पर्ने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य हाम्रो हो उनले भने ।

वडामा—वडामा घुम्ति शिविर मार्फत नागरिकलाई पालिकाको केन्द्रमा आउन नपर्नेगरी योजना बनाएको नगर प्रमुख भट्टराईले बताए । पालिकाको ठुलो वडाको रुपमा रहेको यो बस्तीका नागरिक अब सामान्य उपचारका लागि बाहिर जान नपर्ने भएको यहाँका स्थानीय खुशी भएका छन् ।

भौगोलिक बनावटले साथ नदिएको नगरपालिकालाई स्वास्थय सेवाका लागि टाढा जानुपर्ने बाध्यता रहदै आएको थियो । वडामै सुविधा सम्पन्न भवन, दक्ष स्वास्थ्य कर्मचारीको व्यवस्था भएपछि स्वास्थ्य उपचारमा सहज हुने स्थानीय रुमलाल कँडेलले बताए ।

आर्थिक बर्ष २०७९÷०८० को बजेटबाट विनियोजन गरिएको थियो । यो भवन निर्माण सम्पन्न भएसगै यहाँका झण्डै २५ सय स्थानीय लाभान्वित हुने छन् । वडा अध्यक्ष दलबहादुर सिंजालीका अनुसार स्वास्थ्य र शिक्षाको पहुँच नभएकै कारण बसाई सराई गर्नेको संख्या बढ्न थालेको बताए ।

स्वास्थ्यको पहुँच पुगेसँगै अब वडाबाट बसाईसराई गर्नेको संख्यामा कमी आउनेमा आफु विश्वस्थ रहेको बताए । गल्याङ नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र कृषिलाई प्रथामितामा राखेर योजना बनाउदै आएको छ । जसले नागरिकको आवश्यकतालाई सिमित साधनश्रोतका बावजुद प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गर्दै आएको छ ।

कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु ओली, पुर्व वडाध्यक्ष एवम् स्वास्थ्य केन्द्र समितिका अध्यक्ष शंकर अधिकारी, निर्माण समिती अध्यक्ष चिरञ्जीवी कंडेल, नगरपालिका ११ का वडासदस्य मोहन डुम्रे , कार्यालय प्रमुख केशरी थापा लगायतले स्वास्थ्य भवन मात्रै निर्माण गरेर भन्दा पनि यसबाट प्रवाह हुने सेवामा ध्यान दिन आग्रह गरेका थिए । गल्याङ नगरपालिका ११ का वडाध्यक्ष दल बहादुर सिंजालिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत निर्माण समितिका सचिव चक्रपाणी कंडेलले गरेका थिए ।