वाणिज्य बैंक : कुन बैंकले कति नाफा कमाए ?

वाणिज्य बैंक : कुन बैंकले कति नाफा कमाए ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।

त्यस्तै गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको छ । यद्यपि वाणिज्य बैंकको खराब कर्जाको स्थितिमा पर्याप्त सुधार भइसकेको छैन ।

गत आवको अन्तिमसम्ममा वाणिज्य बैंकमा देखिएको खुद मुनाफा, प्रतिशेयर आम्दानी, खराब कर्जा, स्प्रेडदर र चुक्ता पुँजीलगायतका सूचकको अवस्था यहाँ उल्लेख गरिएको छ ।

खुद मुनाफा 

गत आव २०७९/८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड बराबर खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा भने कम छ । गत आवमा नबिल बैंक लिमिटेडको नाफा ७ अर्ब ५२ करोड ७१ लाख बराबर छ । अघिल्लो आवमा ४ अर्ब २५ करोड ६० लाख बराबर नबिल बैंकले गतवर्षको तुलनामा ३ अर्ब १७ करोड १० लाख बराबरले नाफा बढाएको हो ।

गत आवमा बढी नाफा कमाउने बैंकहरुको सूचिमा ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा छ । अघिल्लो आवमा ४ अर्ब ९५ करोड ९२ लाख बराबर नाफा गरेको ग्लोबल आइएमई बैंकले गत आवमा ७ अर्ब २५ करोड ३४ लाख नाफा कमाएको छ । गत आवमा बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । अघिल्लो आवमा ४ अर्ब २९ करोड २८ लाख बराबर वार्षिक नाफा कमाएको वाणिज्य बैंकले गत ४ अर्ब ९१ करोड ७१ लाख बराबर कमाएको छ ।

नाफा बढी कमाउने वाणिज्य बैंकको सूचिमा एनआइसी एसिया बैंक चौथो नम्बरमा छ । एनआइसी एसिया बैंकले गत आवमा ४ अर्ब ६५ करोड १३ लाख बराबर नाफा कमाएको छ । ४ अर्बभन्दा माथि नाफा कमाउने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंक छ । इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष ४ अर्ब ६५ करोड १३ लाख बराबर कमाएको छ ।

३ अर्बभन्दा माथि र ४ अर्बभन्दा कम वार्षिक नाफा कमाउने बैंकको सङ्ख्या ७ छ । गत आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ५२ करोड ५४ लाख, नेपाल बैंक लिमिटेडले ३ अर्ब ४१ करोड १५ लाख, एनएमबी बैंकले ३ अर्ब ४१ करोड चार र एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड ९१ लाख नाफा कमाएका छन् ।

त्यस्तै हिमालयन सिभिल बैंकले ३ अर्ब २६ करोड ६१ लाख, सिद्धार्थ बैंकले ३ अर्ब १९ करोड १ लाख र कृषि विकास बैंकले ३ अर्ब ९ करोड ९३ लाख नाफा कमाएका छन् । ६ वाणिज्य बैंकले २ अर्बदेखि ३अर्बको बीचमा नाफा कमाएका छन् भने २ वाणिज्य बैंकको नाफा २ अर्बभन्दा कममा खुम्चिएको छ ।

गत आवमा प्रभु बैंकले २ अर्ब ८२ करोड ५२ लाख, सानिमा बैंकले २ अर्ब ६१ लाख ९२ करोड र प्राइम कमर्सियल बैंकले २ अर्ब २६ करोड ३१ लाख बराबर नाफा कमाएका छन् । लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब २६ करोड १८ लाख, नेपाल एसबिआई बैंकको नाफा २ अर्ब २४ करोड १६ लाख र सिटिजन्स बैंकको नाफा २ अर्ब २१ करोड ४४ लाख बराबर छ । गत आवमा कुमारी बैंकले १ अर्ब ९५ करोड ७१ लाख र माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोड ११ लाख बराबर नाफा कमाएका छन् ।

प्रतिशेयर आम्दानी 

वाणिज्य बैंकमध्ये प्रतिशेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक पहिलो र स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआइसी एसिया बैंकको प्रतिशेयर आम्दानी ४०.२२ बराबर छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३७.३९ छ भने राष्ट्रिय वाणिज्य बैंकको ३३ .९६ बराबर छ ।

त्यस्तै एभरेष्ट बैंकको ३१.७२, नबिल बैंकको २७.८२, नेपाल बैंकको २३.२२, सिद्धार्थ बैंकको २२.६४ र नेपाल एसबीआई बैंकको २२.१४ रहेको छ ।

सानिमा बैंकको प्रतिशेयर आम्दानी २१.०२ , कृषि विकास बैंकको २०.६२, ग्लोबल आईएमई बैंकको २०.२८, लक्ष्मी सनराइज बैंकको १९.४४, एनएमबी बैंकको १८.०५ र माछापुच्छ्रे बैंकको १५.०५ रहेको छ । गत आवको नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिशेयर आम्दानी १६.०७, सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी १५.५९ र हिमालयन बैंकको प्रतिशेयर आम्दानी १५.०८ रहेको छ ।

त्यस्तै प्रभु बैंकको १२, प्राईम कमर्सियल बैंकको ११.६६ र कुमारी बैंकको ७.४६ बराबर रहेको छ ।

खराब कर्जा 

कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको ४.५७ प्रतिशत, इन्भेष्टमेन्ट बैंक मेगा बैंकको ४.३५ प्रतिशत र प्राइम बैंकको ४.२३ प्रतिशत बराबर रहेको छ । प्रभु बैंकको खराब कर्जा ४.१६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको ३.२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ३.०८ प्रतिशत र सिटिजन्स बैंकको ३.१९ प्रतिशत बराबर छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.९५ प्रतिशत, नेपाल बैंकको २.८५ प्रतिशत, एनएमबी बैंकको २‍.७२ प्रतिशत, कृषि विकास बैंकको २‍.४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २‍. २८ प्रतिशत, नेपाल एसबीआई बैंकको २‍. ४३ प्रतिशत र माछापुच्छ्रे बैंकको २‍. १२ प्रतिशत रहेको छ ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १. १७ प्रतिशत, सिद्धार्थ बैंकको १. ०७ प्रतिशत, सानिमा बैंकको १.३ प्रतिशत, एनआइसी एसिया बैंकको ०.८ प्रतिशत र एभरेष्ट बैंकको ०.७९ प्रतिशत बराबर रहेको छ ।

स्रेडदर 

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर र संकलन गर्ने निक्षेपको ब्याजदरको अन्तर स्प्रेडदर हो । नबिल र इन्भेष्टमेन्ट मेगा बैंकको स्प्रेडदर ४. ९९ प्रतिशत छ । कुमारी बैंकको ४. ९८, ग्लोबल आइएमई बैंकको ४. ९६, प्रभु बैंकको ४. ८६, हिमालयन बैंकको ४. ७९ र लक्ष्मी सनराइज बैंकको ४. ४२ प्रतिशत बराबर छ ।

स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र सानिमा बैंकको स्प्रेडदर ४ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको ३. ९८, एनआइसी एसिया बैंकको ३.९९, नेपाल बैंकको ३.९५, एनएमबीको ३.९९ र एभरेष्ट बैंकको ३.९७ प्रतिशत स्प्रेडदर रहेको छ । सिद्धार्थ बैंकको ३. ९९, कृषि विकास बैंकको ३.९४, प्राईम बैंकको ३. ९८, नेपाल एसबीआई बैंकको ३.९९ र माछापुच्छ्रे बैंकको ३.९५ प्रतिशत बराबर छ ।

चुक्ता पुँजी 

चुक्ता पुँजीका आधारमा अहिले ग्लोबल आइएमइ बैंक सबैभन्दा ठूलो बैंक हो । गत असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड बराबर छ । चुक्ता पुँजीका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ अर्ब १२ करोड र तेस्रो स्थानमा रहेको नबिल बैंकको २७ अर्ब ५ करोड बराबर रहेको छ । कुमारी बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड, प्रभु बैंकको अर्ब ५४ करोड, हिमालयन बैंकको २१ अर्ब ६५ करोड र लक्ष्मी सनराइज बैंकको २१ अर्ब ६७ करोड रहेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड, एनआइसी एसिया बैंकको ११ अर्ब ५६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९ अर्ब ४२ करोड, नेपाल बैंकको १४ अर्ब ६९ करोड र एनएमबी बैंकको १८ अर्ब ३६ करोड बराबर रहेको छ । त्यस्तै एभरेष्ट बैंकको १० अर्ब ६९ करोड, सिद्धार्थ बैंकको १४ अर्ब ८ करोड, कृषि विकास बैंकको १८ अर्ब ८८ करोड, सानिमा बैंकको १२ अर्ब ४६ करोड, प्राईम बैंकको १९ अर्ब ४ करोड, नेपाल एसबीआई बैंकको १० अर्ब १२ करोड, सिटिजन्स बैंकको १४ अर्ब २ करोड र माछापुच्छ्रे बैंकको १० अर्ब २५ करोड बराबर चुक्ता पुँजी रहेको छ ।