मालपोत जुम्लामा १ करोड ८१ लाख राजस्व संकलन

मालपोत जुम्लामा १ करोड ८१ लाख राजस्व संकलन


जुम्ला ।

मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० १ करोड ८१ लाख ५० हजार ८७८ राजस्व संकलन गरेको छ ।

कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३ हजार ८५५, जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ ६४ लाख ६ हजार ५ सय ९८ र विविध शीर्षक अन्तर्गत ५ लाख ७३ हजार ४ सय ४० राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र १ नगरपालिकाबाट ९ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ ।

आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।