जगदम्बा मोटर्सको ‘स्क्र्याच ज्याकपट’ अफर, १५ हजारदेखी १ लाखसम्म नगद छुट

जगदम्बा मोटर्सको ‘स्क्र्याच ज्याकपट’ अफर, १५ हजारदेखी १ लाखसम्म नगद छुट


काठमाडौं ।

टीभीएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘स्क्र्याच ज्याकपट’ नाममा नयाँ अफर ल्याएको छ ।

सो ब्रान्डका तीनवटा बाइकलाई लक्षित गरि ल्याइएको अफर अन्तर्गत ग्राहकले स्क्र्याच मार्फत १५ हजारदेखी १ लाखसम्म नगद छुट र एक्सचेन्जमा पनि १५ हजारदेखी १ लाखसम्म नै अतिरिक्त मूल्यांकन पाउनेछन् ।

आरटीआर १६० फोरभी विएस ६, आरटीआर २०० फोरभी विएस६ आरटिएफआई र एनटर्क सुपर स्क्वाड एडिसनमा अफर लागु हुने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले सून्य प्रतिशत व्याजदर र २५ प्रतिशत डाउनमेन्ट सुविधामा समेत यी बाइक खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार अफर सिमित अवधीका लागि ल्याइएको हो ।

जगदम्वा मोटर्सले आरटीआर १६० फोरभी विएस ६ को मूल्य ३ लाख ९३ हजार, आरटीआर २०० फोरभी विएस६ आरटिएफआईको ४ लाख २५ हजार र एनटर्क सुपर स्क्वाड एडिसनको २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।