काठमाडौँको सामाखुसी, अनामनगरलगायत क्षेत्रमा डुबान (फोटो फिचर)

काठमाडौँको सामाखुसी, अनामनगरलगायत क्षेत्रमा डुबान (फोटो फिचर)


काठमाडौं ।

गएराति देखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुशी आसपासको क्षेत्र डुवानमा परेको छ ।

सोमबार रातीबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुवानमा परेको हो ।

धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरु पनि डुवानमा परेका छन् ।
यस्तै,सामाखुशी क्षेत्र पनि डुवानमा परेको छ । सामाखुशीमा विद्यालय,घर लगायतका क्षेत्र डुवानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तिमा पनि बाढी पसिसकेको छ ।

उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।