कैलालीमा नदीको पानी बस्तीमा पस्यो, ५ सय घर डुबानमा

कैलालीमा नदीको पानी बस्तीमा पस्यो, ५ सय घर डुबानमा


धनगढी ।

सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा ५ सय घरधुरी प्रभावित भएका छन् ।

धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा ५ सय घर धुरी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले विभिन्न नदीको पानी बस्तीमा पस्दा ६ वटा स्थानीय तहमा मानवीय क्षति नभए पनि घरहरु डुबानमा परेको जानकारी दिए ।

जोशीका अनुसार खुटिया नदीको पानी बस्तीमा पस्दा धनगढी उपमहानगरपालिका–१५ को कनरीमा १४ घर, काडा र कान्द्रा नदीको बाढीले भजनी नगरपालिका–२, ३, ५, ७ र ८ नम्बर वडामा गरेर साढे २ सय घर डुबानमा परेका छन् ।