विद्यार्थीमा आँखा पाक्ने राेग, पोखराका स्कुल ३ दिन बन्द

विद्यार्थीमा आँखा पाक्ने राेग, पोखराका स्कुल ३ दिन बन्द


पाेखरा ।

आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि ३ दिनका लागि बन्द हुने भएका छन् ।

आँखा पाक्ने रोगको संक्रमण रोक्न महानगर प्रमुखको अध्यक्षतामा बसेकाे सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए ।

विद्यार्थीहरूलाई सुरक्षित रूपमा घरमा बस्न र अभिभावकलाई पनि संक्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।