म्युचुअल फन्ड ल्याउँदै हिमालयन क्यापिटल, कतिसम्म किन्न पाइन्छ ?

म्युचुअल फन्ड ल्याउँदै हिमालयन क्यापिटल, कतिसम्म किन्न पाइन्छ ?


काठमाडौँ ।

हिमालयन क्यापिटलले ३२ साउनदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ निष्कासन गर्ने भएको छ ।

क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड एकाइ बिक्री खुला गर्न लागेको हो । यसमध्ये १ करोड ५० लाख एकाइ वा कुल बिक्री भएको एकाइको १५% कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख एकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिएकाइ १० रुपैयाँका दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै एकाइ बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । यसमा न्यूनतम १०० एकाइदेखि अधिकतम १ करोड एकाइका लागि आवेदन दिन सकिनेछ ।

यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्ष छ ।