काठमाडौं महानगरले उठायो १० अर्ब राजस्व

काठमाडौं महानगरले उठायो १० अर्ब राजस्व


काठमाडौं ।

गत आर्थिक वर्ष २०७९/८० मा काठमाडौं महानगरपालिकाले १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आवको तुलनामा कामपाले लक्ष्य अनुरुपको राजस्व संकलन भने गर्न सकेन ।

अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठे पनि संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व घटेको हो ।

कामपाले गत आवको लागि १० अर्ब ४१ करोड रुपैयाँ लक्ष्य लिएको थियो।

महानगरले अघिल्लो आव २०७८/७९ मा कामपाले १० अर्ब ४१ करोड राजस्व संकलन गरेको थियो। अनुदान रकम कम भए पनि पछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी १ अर्ब ३६ करोड रुपैयाँ बढी संकलन गरिएको थियो। आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड रुपैयाँ बढी राजस्व संकलन गरिएको छ ।

महानगरले सबैभन्दा बढी बहाल करमा २ अर्ब ५६ करोड रुपैयाँ, सम्पत्ति करमा १ अर्ब ८ करोड, व्यवसाय करमा ५८ करोड, नक्शापास दस्तुरबाट १० करोड ११ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको कामपाले जनाएको छ । कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो।

अघिल्लो आवमा जम्मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/८० मा ५ अर्ब ८२ करोड राजस्व उठाउन सफल छ।

गत आवमा बाँडफाँटबाट कामपाले १ अर्ब ८५ करोड रुपैयाँ पाएको छ।