बिएमडब्लु अब गाडी मात्र हाेइन, हाेम अप्लायन्स पनि

बिएमडब्लु अब गाडी मात्र हाेइन, हाेम अप्लायन्स पनि


काठमाडौँ।

केएल दुगड समूहअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम अप्लायन्सेस ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएमडब्लुसँग सहकार्य गर्दै आफ्ना होम हप्लायन्स सिरिजअन्तर्गत बिएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ।

विश्वविख्यात कार निर्माता बिएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्स विश्वबजारमा लोकप्रिय भइसकेका छन्। यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुकोआकर्षक डिजाइन हुनेछ।

बिएम्डब्लु डिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै आकर्षक देखिन्छन्। बिएमडब्ल्युको कोरिया, चीन र जर्मनीका डिजाइनरहरुले यी डिजाइनहरु वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन्।

स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ। नयाँ बिएम सिरिजमार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ।