१६ वटा इन्टरनेट कम्पनीलाई तत्काल रोयल्टी बुझाउन निर्देशन

१६ वटा इन्टरनेट कम्पनीलाई तत्काल रोयल्टी बुझाउन निर्देशन


काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।

बिहीबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिँदै तत्काल राजश्व दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत जानकारी गराएको छ ।

आम्दानीको छ प्रतिशत रोयल्टी बुझाउनु पर्ने इन्टरनेट कम्पनीको नामावली