कपन खोलामाथि राखिएको स्ल्याब हटाउन पुग्यो कामपाको डोजर, स्थानीयसँग झडप

कपन खोलामाथि राखिएको स्ल्याब हटाउन पुग्यो कामपाको डोजर, स्थानीयसँग झडप


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कामपा ७ मा रहेको कपन खोलामाथि राखिएको स्ल्याब हटाउने तयारी गरेको छ ।

बिहीबार बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका-७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन नगर प्रहरी त्यहा पुगेको छ ।

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई स्ल्याब हटाउन डोजर पठाएको भन्दै त्यहाँ गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

स्थानीयहरुबीच झडप भएपछि महानगर-७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको बताइएको छ ।

डोजर रोक्ने क्रममा वडाध्यक्ष तथा बुढानिलकण्ठका प्रवक्ता नवराज भट्टराईमाथि महानगर प्रहरीले लछारपछार पारेको बताइएको छ ।

यद्दपी काठमाडौं महानगरपालिका ७ का वडाध्यक्ष बिमल होडा र बुनपाका जनप्रतिनिधिबीच वार्ता भएको छ ।