खराब कर्जा बढेसँगै कालिका लघुवित्तको नाफामा ६४ प्रतिशत गिरावट

खराब कर्जा बढेसँगै कालिका लघुवित्तको नाफामा ६४ प्रतिशत गिरावट


काठमाडौँ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा ६४.०१ प्रतिशतले घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो ।

त्यस्तै, खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर २५ करोड ५० लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खराब कर्जा १.०२ प्रतिशत ले बढेर ४.१३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असार मसान्तमा ३ करोड ८९ लाख १८ हजार रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४९ लाख २ हजार रुपैयाँ पुगेको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

प्रति सेयर आम्दानी २८ रुपैयाँ ६५ पैसाले घटेर १२ रुपैयाँ ४२ पैसामा आएको छ ।