भित्री बस्त्रमा लुकाएको २४ तोला सुनसहित झापाकी एक महिला पक्राउ

भित्री बस्त्रमा लुकाएको २४ तोला सुनसहित झापाकी एक महिला पक्राउ


कास्की ।

पोखरामा २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छिन् ।

झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीले बताए।

प्रहरीले उनको साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएको अवस्थामा २८ तोला विस्कुट आकारको सुन र औँठी बरामद गरेको छ ।

डीएसपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन् ।