नेपालमा १० हजार बढीमा डेंगु संक्रमण पुष्टि, सुनसरीमा मात्र ६ हजार संक्रमित

नेपालमा १० हजार बढीमा डेंगु संक्रमण पुष्टि, सुनसरीमा मात्र ६ हजार संक्रमित


काठमाडौं ।

डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु संक्रमण हालसम्म ७४ जिल्लाका १० हजार ७२६ जनामा डेंगु पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

डा. मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा ८ हजार १०९ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, बागमती प्रदेशमा १ हजार ४५३, गण्डकी प्रदेशमा ४७१, सुदूरपश्चिम प्रदेशमा ३९३, लुम्बिनी प्रदेशमा २१५, मधेश प्रदेशमा ५७ कर्णाली प्रदेशमा २८ जनामा डेंगु पुष्टि भएको छ । संक्रमितमध्ये ८९.६ प्रतिशत डेंगु संक्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै ९ हजार ६१२ जनामा डेंगु पुष्टि भएको छ ।

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु संक्रमित पुष्टि भएका छन् । सुनसरीमा ६ हजार ४१, मोरङमा १ हजार ३४४,धादिङमा १ हजार २७, कास्कीमा २२५, दार्चुला १९२, झापामा १८२, काठमाडौंमा १५१,सङ्खुवासभामा १४८, तनहुँमा ७९ जनामा डेंगु पुष्टि भएको छ ।