किसान लघुवित्तको खुद नाफा १ करोड ३६ लाख

किसान लघुवित्तको खुद नाफा १ करोड ३६ लाख


काठमाडौं।

किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ३६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अधिल्लो आर्थिक वर्षमा कमाएको ११ लाख २६ हजार रुपैयाँभन्दा १११०.६६ प्रतिशतले धेरै हो ।

यसको खुद ब्याज आम्दानी २९.०३ प्रतिशतले घटेर २५ करोड ७० लाख रुपैयाँमा आएको छ । यद्दपि, इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।

अघिल्लो वर्ष १२ करोड २० लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्ममा २ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । किसानको रिजर्भ कोष र रिटेन्ड अर्निङ शीर्षकमा भने गिरावट आएको छ ।

खुद नाफा कढेका कारण प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ०.३२ रुपैयाँ रहेकामा अहिले २.७० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १२६.४२ रुपैयाँ रहेको छ । किसान लघुवित्त हाल जाल्पा लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।