दाङको घोराही उपमहानगरपालिका १३ मौलाकोट स्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै । दाङको घोराही उपमहानगरपालिका –१३ मौलाकोट स्थित स्थानियले गरेको व्यवसायिक तरकारी खेती । कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरमा किसानले गरेको परबल खेती । वर्षौंदेखि परबल खेती गर्दै आएका यहाँका किसान मनग्य आम्दानी गर्दै आएका छन् । पोखरा महानगरपालिका–२६ का किसान कर्ण पुनको कृषि फार्ममा गरिएको साग खेती । पुनले १७ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित गरी राखिएको विभिन्न जातको सयपत्री फूलको बेर्ना । तस्बिर :रासस
प्रतिक्रिया