कपन विवाद : स्थानीयले मागे मेयरको राजीनामा

कपन विवाद : स्थानीयले मागे मेयरको राजीनामा


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि सुरु भएको विवाद शुक्रबार पनि जारी छ ।

शुक्रबार पनि काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको छ ।

तर काठमाडौं महानगरपालिकाको कदममा कपनवासी विभाजित भएका छन । केही स्थानीयवासीले महानगरको कदमको पक्षमा देखिदा केही भने विरोधमा उत्रिएका छन् ।

केही स्थानीयवासीले खोलाले आंँखा देख्नु पर्ने धारणा राख्दै खोलाको व्यवस्थापन गर्दा कोही पीडित भए नगरपालिकाले हेर्नु पर्ने बताएका छन् । उनीहरुले भने ‘खोलाले आंँखा देख्नु पर्छ । खोला खोला हुनुपर्छ । जनताको सुनुवाई हुनुपर्छ । राज्यले त्यसको व्यवस्थापन गर्नु पर्छ । पीडितलाई नगरपालिकाले व्यवस्थित गर्नु पर्छ । ’

अर्का स्थानीयले कपनमा सही र गलत के हो भन्ने नै छुट्याउन नसकिएको बताए । धरमरमा परेर वस्नु भन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने उनको भनाइ छ ।

उनले भने ‘ यो हिजो हालेको ढल निकाल्ने दुई साईटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ त्यो अनुसार बनाएर जाउ त्यो मैले बुझेको छु । मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सहि गलतलाई गलत भन्न सक्दैन भने किन बसिरहेको आजै राजीनामा दिए भईहाल्यो नि । ’

यस्तै अर्का एक स्थानीयले वस्ती बढ्दै गएपछि कपनमा समस्या पनि बढ्दै गएको बताएछन् । उनले भने ‘ स्वतन्त्र खहरे स्थानीय मिलेर हिमपाईप राखियो त्यो वेला बस्ती थोरै थियो । केही परक परेको थिएन् । जब जब बस्ती बढ्दै गयो तब तब खतरा पनि बढ्दै गयो । ’

बुधबार स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोध पछि डोजर चल्न दिइएको थिएन् ।