पाल्पा ।
पाल्पामा डेंगी संक्रमणबाट १ बालिकाको ज्यान गएको छ।
युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा वालिङ नगरपालिका-११, स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका छिन् ।
डेंगी पोजेटिभ देखिएकी बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए ।
प्रतिक्रिया