सुनिल शर्माले हिरासत बस्नु नपर्ने, बाहिरै राखेर अनुसन्धान गर्न आदेश

सुनिल शर्माले हिरासत बस्नु नपर्ने, बाहिरै राखेर अनुसन्धान गर्न आदेश


काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ गरेर आज हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

शर्मालाई सिआइबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अन्य ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

शर्मा प्रतिनिधिसभा सदस्यसमेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ।