आइतबार घटबढ भएन सुनचाँदीकाे भाउ

आइतबार घटबढ भएन सुनचाँदीकाे भाउ


काठमाडौँ

साताको पहिलो काराेबार दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ छ ।

आइतबार चाँदीको भाउ पनि स्थिर छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ ।