मुक्तिनाथका खातावालालाई रामनगर अस्पतालमा छुट सुविधा

मुक्तिनाथका खातावालालाई रामनगर अस्पतालमा छुट सुविधा


काठमाडौँ ।

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्ड तथा मोबाइल बैंकिङ भएका ग्राहकले रामनगर हस्पिटलको विभिन्न सेवामा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्ड कल बैंकिङ (बचत सेवाका ला गिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) लगायत सेवा घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।