नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, घाेराही सिमेन्टलाई पहिलाे दिन नै झट्का

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, घाेराही सिमेन्टलाई पहिलाे दिन नै झट्का


काठमाडाैँ ।

साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर काराेबार मापक नेप्से परिसूचक दाेहाेराे अंकले बढेको छ ।

आइतबार नेप्से १४.८१ अंकले बढेर २ हजार ८०.८६ विन्दुमा पुगेर काराेबार बन्द भएकाे छ ।

आज २७१ वटा कम्पनीकाे ९७ लाख १८ हजार कित्ता सेयर किनबेच भएकाे छ । ९५ हजार ९०० पटक भएकाे कारोबारमा ३ अर्ब १ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस दिन फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । सबैभन्दा धेरै थ्री स्टार र अपर सांगे हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले तथा माउन्टेन इनर्जी नेपाल कम्पनीको सेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेमा सूचीकृत भएर आइतबारदेखि नै कारोबार सुरु भएको घोराही सिमेन्टको सेयर मूल्य घटेर नकारात्मक सर्किट लागेकाे थियाे । आज सबैभन्दा धेरै गुमाउने कम्पनी पनि यही बन्याे ।