एमालेले माग्यो प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

एमालेले माग्यो प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा मागेको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर एमाले सुन तस्करीको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा मागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य भएको भन्दै राजीनामा दिनुपर्ने अध्यक्ष केपी शर्मा ओलीले मागेका हुन् ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले पदबाट राजीनामा नदिनु आश्चर्य भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड अयोग्य भएको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने बताए ।