निहुराे टिप्न गएका बाबुछाेरालाई खाेलाले बगायाे

निहुराे टिप्न गएका बाबुछाेरालाई खाेलाले बगायाे


दोलखा ।

दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

गाउँ नजिकैको जंगलमा निहुरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

स्थानीयबासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ । उनीहरूकाे खाेजी भइरहेकाे खड्काले जानकारी दिए ।