किन घट्याे मिथिला लघुवित्तकाे नाफा ?

किन घट्याे मिथिला लघुवित्तकाे नाफा ?


काठमाडौँ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तको खुद नाफा ४८.७३ प्रतिशतले घटेर २ करोड ९५ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ७६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी २१.२६ प्रतिशतले घटेर ९ करोड ४४ लाख ७६ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा ९७.५३ प्रतिशतले घटेर १८ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।

खराब कर्जा २.१७ प्रतिशतले बढेर ४.७८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३८ पैसा छ ।