उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।