शिक्षक हितविपरीत ऐन ल्याउन लागेकाे भन्दै रुकुम पश्चिमका शिक्षक आन्दाेलित

शिक्षक हितविपरीत ऐन ल्याउन लागेकाे भन्दै रुकुम पश्चिमका शिक्षक आन्दाेलित


काठमाडाैँ ।

रुकुम पश्चिमका शिक्षकहरू यतिबेला आन्दाेलित छन् । नेपाल शिक्षक महासंघले आइतबारदेखि आन्दोलन गरिरहेकाे छ ।

रुकुम पश्चिममा महासंघकाे आन्दाेलन तालिकाअनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिने र त्यसपछि महासंघले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

विद्यालय शिक्षा ऐन २०८० ले संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वाभिमानको विरुद्धमा रहेको भन्दै रुकुम पश्चिमका सबै स्थानीय तहमा शिक्षकहरूले आन्दोलन थालेका हुन् ।

शिक्षक तथा कर्मचारीहरूको मागको सम्बोधन हुनुपर्ने भन्दै रुकुम पश्चिमका ६ वटै पालिकामा शिक्षकहरूले धर्ना दिएका हुन् ।

शिक्षक महासंघले अहिले ल्याउन लागिएको विद्यालय शिक्षा ऐन २०८० मा शिक्षक हितविपरीतका बुँदा रहेकालाई तिनलाई तत्काल हटाउनुपर्ने माग राखेकाे छ ।

शिक्षा ऐनमार्फत आमशिक्षक तथा कर्मचारीका माग सम्बोधनको माग गर्दै आठबिसकोटमा धर्ना दिइएको नेपाल शिक्षक संघ आठबिसकोटका अध्यक्ष कर्णबहादुर बटालाले जानकारी दिए ।

बटालाका अनुसार उक्त धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ र शिक्षकका पेसागत संघ/संगठनका प्रमुख तथा प्रधिनिधिहरूको सहभागिता थियो ।