सस्तो दाममा आयो टीभीएस रेडरको मार्वल एडिशन, २ भेरियन्टमा उपलव्ध

सस्तो दाममा आयो टीभीएस रेडरको मार्वल एडिशन, २ भेरियन्टमा उपलव्ध


काठमाडौं ।

टीभीएसले रेडर १२५ को मार्वल एडिशन सार्वजनिक गरेको छ ।

कम्पनीले २ भेरियन्टमा टीभीएस रेडर सार्वजनिक गरेको हो ।

टीभीएसले एनटर्क १२५ मा जस्तै रेडरको मार्भल एडिशन अन्तर्गत आइरन म्यान र ब्ल्याक प्यान्थर भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले मार्भल एडिशनको मूल्य ९८ हजार ९१९ भारतीय रुपैयाँ एक्स शोरुम निर्धारण गरेको छ ।

मार्भलको बेस भेरियन्टको मूल्य ९५ हजार २१९ रुपैयाँ, मिड भेरियन्टको मूल्य ९६ हजार २१९ रुपैयाँ र टप भेरियन्ट एसएक्सको मूल्य १ लाख १ हजार ५७० भारतीय रुपैयाँ भएको छ ।

कम्पनीले मार्भल एडिशनलाई टप भेरियन्ट एसएक्सभन्दा कम मूल्यमा ल्याएको छ । यसमा टप भेरियन्टमा भएको ५ इन्चको टीएफटी डिस्प्लेका साथै स्मार्ट कनेन्ट फिचर उपलब्ध हुनेछैन ।

मार्भल एडिसन रेडरमा आइरन म्यान र ब्ल्याक प्यान्थर ग्राफिक्स पाउने छन् । यसको क्याप्टेन अमेरिका र स्पाईडर म्यान भर्सन समेत आउने अनुमान गर्न सकिन्छ ।

रेडरमा १२४.८ सीसी सिंगल सिलिन्डर, एयर तथा आयल कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ११.३८ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा इको र पावर गरी २ मोडल उपलब्ध छ ।