क्विन्टल सुन तस्करी प्रकरण : ब्रेक शुबाट सुन छुट्याइँदै

क्विन्टल सुन तस्करी प्रकरण : ब्रेक शुबाट सुन छुट्याइँदै


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करी भएर नेपाल भित्रिएकाे सुनकाे मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिए । सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनकाे भनाइ छ ।

उनले सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको जानकारी दिए । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो ।

सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिइएको थियो ।

सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायत प्रक्रिया सुरु गरिएको हो ।