मंगलबार घटबढ भएन सुनको भाउ

मंगलबार घटबढ भएन सुनको भाउ


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

सोमबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन १ लाख १० हजार ७५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने उकालो लागेको छ । सोमबार १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।