४ दिनपछि सञ्चालनमा आयो डुम्रे–बेँसीसहर–चामे सडक

४ दिनपछि सञ्चालनमा आयो डुम्रे–बेँसीसहर–चामे सडक


मनाङ ।

हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ ।

सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीचबाटोमै अलपत्रमा परेका थिए ।

सो सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेस्थित सडक भासिएको थियो ।

सडक खुलेसंगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिए ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताए। उनले भने, “यस सडकमार्फत यात्रा त अझै पनि जोखिम छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ ।”