सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, १० जना फरार

सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, १० जना फरार


काठमाडौं ।

सिटिजन्स बैंकमा जागिर खाएका थप १० कर्मचारी फरार भएका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका १० कर्मचारी फरार भएका हुन् ।

फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन् ।

प्रहरीका अनुसार उनीहरूले भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र लिँदा किर्ते गरेको खुलेको थियो ।

त्यो बाहेक शैक्षिक प्रमाणपत्रसमेत नक्कली भएको आशंका प्रहरीले गरेको छ । प्रहरीले शैक्षिक प्रमाणपत्रबारेसमेत अनुसन्धान थालेको छ ।

सोमबार साँझ काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट छन् ।

उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ ।