नबिल बैंकको एसएसई फेलोसिप तेस्रो ब्याचका लागि आवेदन खुला,कसरी दिने आवेदन ?

नबिल बैंकको एसएसई फेलोसिप तेस्रो ब्याचका लागि आवेदन खुला,कसरी दिने आवेदन ?


काठमाडौं ।

नबिल बैंकले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न नबिल एसएसई फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बैंकले तेस्रो ब्याचका लागि आवेदन खुलाएको छ। यसका लागि भदौ ३ गतेसम्म इच्छुकहरूले आवेदन दिनुपर्ने छ।

कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नविनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्।

व्यवसाय भएका तर अलमलिएकाहरूले पनि थप परिष्कृत हुनका लागि यसमा सहभागी हुन सक्नेछन्।

आवेदन दिनका लागि नबिल एसएसई फेलोसिप कार्यक्रमको फेसबुक पेजमा रहेको लिंकमा गइ गुगल फारम भर्नु पर्नेछ। यसबाहेक नबिल बैंकको वेबसाइटमा गएर नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ।

उद्यम ‍तथा व्यापार गर्ने सोच भएका तर व्यावहारिक जानकारी नभएकाहरूका लागि नबिलले यस्तो कार्यक्रम ल्याएको हो।

नबिलले उद्यम तथा व्यवसाय सञ्चालनका लागि स्थापनादेखि बजारीकरणसम्मका विषयमा बृहत् सिकाइमूलक फेलोसिपका २ ब्याच यसअघि नै सम्पन्न गरिसकेको छ।

नबिल एसएसई फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन हुन्छ।

nabil.jpg

नबिल बैंकले ‘नबिल एसएसई फेलोसिप’ कार्यक्रम सन् २०२१ को नोभेम्बर २६ मा उद्घोष गरेको थियो। अहिलेसम्म २ वटा ब्याजको प्रोग्राम सञ्चालन भइसकेको छ। यसमा २ वटा प्रोग्राम छ। एउटा फेलोसिप र सर्टिफिकेट कोर्स रहेको छ। अहिले सञ्चालन भइरहेको प्रोग्राम फेलोसिप प्रोगाम हो। यसबाट २ वटा ब्याचबाट १८–१८ जना गरी ३६ जनाले पास आउट पाइसकेका छन्।

नबिल एसएसई फेलोसिप कार्यक्रम नविनतम सोच भइ आफ्नो उद्यम सञ्चालन गर्न चाहेका, सुरु गरिसकेका तथा उद्यमको विस्तार गर्न उद्यमशीलताको व्यावहारिक सिकाइको अपेक्षा गरिरहेका व्यक्तिहरुको लागि लक्षित कार्यक्रम हो। यस कार्यक्रममार्फत छनोट भएका उद्यमीलाई सफल उद्यमी बन्नका निम्ति ज्ञान, सिप, माइन्डसेट र रिसोर्स प्रदान गर्छ।