१२ कक्षाको पूरक परीक्षाका लागि फारम खुल्यो

१२ कक्षाको पूरक परीक्षाका लागि फारम खुल्यो


काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम खुला गरेको छ ।

मंगलबार मात्र परिक्षाफल प्रकाशित गरेको बोर्डले फारम खुला गरेको हो ।

२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् ।

बाँकी २ विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

बढीमा २ विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि २ विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ । परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ ।