हिजो स्थिर रहेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो स्थिर रहेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो भने तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।