मोरङको लक्ष्मीमार्गस्थित खेतमा धान गोड्दै स्थानीय महिला । यसपटक समयमा पानी पर्दा मोरङमा धान खेती फस्टाएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरमा मौलाउँदै गरेको धानखेती ।
सुनसरीको इनरुवा–४ का किसान खेतमा धान गोड्दै ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–३ मसुरी खेतबाट देखिएको हरियाली धान खेती । पछिल्लो समय जग्गा पल्टिङ भएसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ ।
म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका(२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य । यहाँ कृषकले गौरिया,गुडुरालगायत स्थानीय जातको धान उत्पादन लगाउने गर्दछन् ।
तस्बिर रासस
प्रतिक्रिया