विष्णुपुर गाउँपालिकाका २ कर्मचारी ५ लाख घुससहित पक्राउ

विष्णुपुर गाउँपालिकाका २ कर्मचारी ५ लाख घुससहित पक्राउ


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई २ लाख नगद र लेखापाल टेकनारायण यादवलाई २ लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका–३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको हो । दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।