शेयर बजार राताम्य, डेढ अर्बमा खुम्चियो कारोबार

शेयर बजार राताम्य, डेढ अर्बमा खुम्चियो कारोबार


काठमाडौं ।

बुधबार शेयर बजार २० अंकले ओरालो लागेको छ ।

बुधवार नेप्से परिसुचक थप २०.३१ अंकले घटेर २ हजार २५.१२ अंकमा झरेको हो ।

आज २६९ कम्पनीका ४८ लाख ३८ हजार १०६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५.५४ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३८६.३० विन्दुमा पुगेको छ ।