एकैदिन ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो ।

हिजो तोलाको १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि आरालो लागेको छ । हिजो १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।