राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा ब्याजदर बढायो, कुन खातामा कति ब्याजदर ?

राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा ब्याजदर बढायो, कुन खातामा कति ब्याजदर ?


काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले विभिन्न खातामा भोली भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले भदौ महिनाको लागि निक्षेपमा ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकको ब्याजदर ६.९९ र ८.९९ प्रतिशत थियो ।

बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

 

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।