नवलपरासीका ४०० के.भि. विद्युत् लाइनले छोएका जग्गा धनीलाई मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न आह्वान

नवलपरासीका ४०० के.भि. विद्युत् लाइनले छोएका जग्गा धनीलाई मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न आह्वान


नवलपरासी ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न आह्वान गरेको छ ।

कार्यालयले  एक सुचना जारी गर्दै नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए– नेपाल) द्वारा सञ्चालित ४०० के.भि.विद्युत् प्रसारण आयोजना अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का पालिका र नगरपालिकामा रहेका योजना प्रभावीत नागरीकहरुलाई मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न आह्वान गरेको हो ।

सुचनामा भनिएको छ :-नेपाल भारत सिमानादेखि नयाँ वुटवल सबस्टेसन र नयाँ वुटवल सबस्टेसन देखि नयाँ दमौली सबस्टेसन खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिका र बर्दघाट नगरपालिकामा पर्ने निम्नानुसारका जग्गा तथा जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख बिरुवासमेत स्थायी रूपमा अधिग्रहण गर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सोसमेतको दावीका लागि सम्बन्धित सबैको (मोहिको समेत) जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

ऐ. ऐनको दफा १० अनुसारयो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा बाली नाली लगायत अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्ति दावीगर्न आ(आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन यस कार्यालयमा दिनुहुन जानकारी गराइन्छ ।

साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिवकारण भए त्यसको कारण खोली ऐ। ऐनको दफा ११ बमोजिम यो सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र यस कार्यालय मार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

सूचना प्रकाशित भएको मितिदेखि नै अधिग्रहण गरिने जग्गाहरू रोक्का रहने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना थप्ने कार्य नगर्न नगराउन हुन जानकारी गराइन्छ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

साथै सूचनामा प्रकाशित भएका जग्गाहरुमा कसैको मोहियानी हक लाग्ने भएमा सूचनामा प्रकाशित मिति भित्र छुट्टै निवेदन गर्न समेत जानकारी गराइन्छ ।