अब प्राइभेट कम्पनी पब्लिकमा परिणत भए लगत्तै आइपिओ निस्काशन गर्न पाउने

अब प्राइभेट कम्पनी पब्लिकमा परिणत भए लगत्तै आइपिओ निस्काशन गर्न पाउने


काठमाडौं ।

सरकारले धितोपत्र दर्ता तथा निस्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको हो ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो ।

बोर्ड अध्यक्ष रमेश हमालले मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिएका छन् ।

नियमावली स्वीकृत भएसँगै कम्पनीहरुले आइपिओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको छ ।

जसअनुसार अब २ आर्थिक वर्ष कारोबार गरिसकेका प्राइभेट कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत भए लगत्तै आइपिओ निस्काशन गर्न पाउने छन् ।

त्यस्तै प्रिमियममा आइपिओ निस्काशन गर्ने व्यवस्था पनि केही परिमार्जन गरिएको छ ।

पुँजीबजारमा रियल सेक्टरका कम्पनीहरूको सहभागिता बढाउने उदेश्यले त्यस्ता कम्पनीहरुलाई आइपिओ जारी गर्नको लागि केहि खुकुलो व्यवस्था समेत गरिएको छ ।